Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सात घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग

News and Updates
3 दिन अघि

रौतहट । रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम करीब सातघण्टा पछि खुलेको छ ।

 

 

चन्द्रपुर नगरपालिका–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको सवारी साधनको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले विहीबारवार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गको बागमती सडक खण्डमा चक्काजाम गरेका हुन् ।

 

 

ठक्कर दिने सवारी साधनको पहिचान गरी कारवाही गर्नुपर्ने लगायतका माग राखी स्थानीयले चक्काजाम गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार राजमार्ग क्षेत्रमा जडान गरिएको सिसिटिभी क्यामरा मार्फत ठक्कर दिने सवारी साधनको पहिचान गरी कार्वाही गरिने प्रतिवद्वतापछी चक्काजाम खुलेको हो ।

 

 

ठक्कर दिने सवारी साधन र चालक फरार भएकाले खोजी कार्य तीब्र परिएको उनको भनाइ छ ।
चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग भएर गुडने गाडी सडकमा नै रोकिएका थिए ।

 

 

सवारी साधनबाट गन्तव्य तर्फ हिडेका यात्रुहरू भने बिचल्ली परेका थिए । अहिले पूर्व–पश्चिम राजमार्ग बाटो पुर्ण रुपमा खुलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया