२ फाल्गुन २०८२, शनिबार
बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले सुचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो ।

 

 

बैंकका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका संस्थापक शेयर धनिहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडांैको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिईसक्नु पर्नेछ ।

 

 

निर्धारित मिति भित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।