Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तोलामा ६ सयले घट्यो सुनको मूल्य

News and Updates
2 हप्ता अघि

काठमाडौं । मंगलवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको हो ।

 

 

नेपाल सुनचाँदी महासंघका अनुसार मंगलवार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६२ हजार ८९५ रुपैयाँ तोकिएको छ ।

 

 

यो दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढ़ेर २ हजार १६५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार मंगलवार १० ग्राम चांदीको मूल्य १ हजार ८५६ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया