Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्छ

News and Updates
6 घण्टा अघि

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भविष्यमा नेपालमा जलवायु परिवर्तनको धेरै ठूलो असर पर्ने भन्दै यो क्षेत्रमा नेपाल अगाडि बढ्नु पर्ने बताए ।

उनले भने, ‘दुर्भाग्यपूर्ण कुरा के छ भने जलवायु परिवर्तनले गर्दा समुन्द्रको तह बढेको छ । हिउ पग्लिदैँ छ हिमाल नाङ्गो भएको छ । भोलीका दिनमा यसले धेरै असर पार्न सक्छ । त्यसकारण भविष्यमा नेपाल जलवायु परिवर्तनको प्रमुख पीडित बन्न सक्छ । हामीले हिमाल बचाउन सकेका छैनौ । अहिले हामीले मात्र चाहेर हुदैँन् । जलवायु परिवर्तनको क्षेत्रमा नेपाल अगाडि बढ्नु पर्छ र नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्छ ।’

यस्तै, उनले नेपाललाई विकासको बाटोमा आगडि बढाउन, आर्थिक अवस्था सुधार गर्न र महत्वपूर्ण परिवर्तन ल्याउने बाटोमा अगाडि बढ्नु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया