११ मंसिर २०८२, बिहीबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुगुमा सामूहिक आलु खेती, बजार नपाउने चिन्ता

मुगु । मुगुको खत्याडगाउँपालिकाको क्यातडीक्षेत्रमा रहेको सात रोपनी जग्गामा स्थानीय युवाहरुले उत्पादन गरेको आलुले बजार नपाउने हो कि भन्ने चिन्ता थपिएको छ ।

बाँझो र बाँदर लाग्ने जग्गामा खेती गरेका युवाहरु उत्पादित आलुले बजार नपाउने चिन्तामा परेका हुन् । लाखौं मूल्यका आलु उत्पादन भएका आलुले बजार नपाउँदा खेतबारीमै कुहिएर खेर जाने हो कि भन्नेचिन्ता परेको हो ।
खत्याड गाँउपालिका वडा नम्बर ५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका वडा नम्बर ३का बम बहादुर बुढाले सामूहिक आलु खेती गरेको तर बजार नपाउने चिन्ता परेको कृषक वम बहादुर बुढाले बताए ।

उत्पादित आलु हाल ४० रुपैंयाँ प्रतिकेजीका दरले विक्री भइरहेको छ । तर उत्पादित अन्य आलु कुहिएर जाने हो कि भन्ने चिन्ता लागेको कृषक अनिरुद्र जौसीले बताए । तर पालिका प्रमुख अज बहादुर शाहीले बजार खोजी गर्ने बचन दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि