१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

गृहमन्त्री लेखकले भने : ‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको आरोप लगाउँदै ती आरोपहरूको कडा खण्डन गरेका छन् ।

शनिबार प्रेस ब्रिफिङ गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सम्बन्धी भिजिट भिसाको विषयलाई लिएर गरिएको आलोचना आधारहीन रहेको दाबी गरेका हुन् ।

उनले भने, ‘मेरा विरुद्धमा नियोजित र षडयन्त्रमुलक ढंगबाट झुट्टा प्रचारबाजी भैइरहेको छ । म सबैलाई के  आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अधयागमनको भिजिट भिसाको विषय मात्रै होइन मेरो  सार्वजनिक जिवनमा, मेरो  राजनीतिक जिवनमा, यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो  भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु ।  अब यो  बारेमा विस्तृत कुरा १३ गते प्रतिनिधिसभामा बोल्ने छु ।

लेखकले आगामी जेठ १३ गते प्रतिनिधिसभामा उपस्थित भएर उक्त विषयमा विस्तृत धारणा राख्ने जानकारी दिए । उनले यथार्थ तथ्य सार्वजनिक गरिने बताउँदै अनावश्यक भ्रममा नपर्न आग्रह समेत गरे ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि