News and Updates

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश प्रसाईँले भावुक अभिव्यक्ति दिएका छन् ।
प्रसाईँले आफूले धेरै धर्महरुको अध्ययन गरेको भन्दै सनातन हिन्दु धर्म जस्तो स्पष्ट धर्म अरु कुनै नभएको स्पष्ट पनि पारे । उनले यस्तो महायज्ञमा सहभागिता जनाउन पाउँदा सबैलाई एकाकार गर्न मद्दत गर्ने बताए ।
उनले आफु नबुझ्ने हुँदा आफ्नो शारीरिक अवस्थालाई लिएर भगवानसँग गुनासो गर्ने गरेको भन्दै उनले अहिले आएर आफू इश्वरको उत्कृष्ट योजना भएको उत्तर पाएको बताए । उनले आफ्नो शारीरिक अवस्था भगवानकै उपहार भएको बताए ।
उनले भने,‘यस्तो महायज्ञहरुले हामीलाई ऐना देखाउँछ । एकाकार गर्न यस्तो अनुष्ठानले मद्दत गर्दछ । इश्वरको योजना अपरम्पार हुने रहेछ । कसैले मलाई भगवान कस्ता हुन्छन्, स्वरुप कस्तो हुन्छ भनेर प्रश्न गर्ने गरेका छन् । तर इश्वर त कल्पना भन्दा पनि पर हुन्छन् । म सानो छँदा इश्वरसँग प्रश्न गर्थें, मलाई मात्र किन यस्तो अवस्थामा पुर्यायौ भन्ने गर्थें । तर पछि उमेर बढ्दै गएपछि पब्लिक स्पिकमा सहभागी भए । त्यसपछि मैंले भगवानसँग गुनासो गर्न छाडिदिए । मेरो पब्लिक स्पिचले आत्माहत्या गर्न लागेका व्यक्तिले पनि शान्त भए भन्नुभयो । त्यही दिन मैले उत्तर पाए–म इश्वरको उत्कृष्ट योजना रहेछु ।’
आफूले आफैंलाई र आफ्नो योग्यतााई चिन्न सक्नुपर्ने भन्दै उनले आफ्नो जीवनसँग गुनासो भयो भने झमक कुमारी घिमिरेलाई सम्झन आग्रह गरे ।
त्यस्तै विगतको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी दिएका सागर ढकालले विश्वका हरेक विश्वविद्यालय गुरुकूल शैलीका रहेतापनि नेपालमा अझै पनि गुरुकुल विश्वविद्यालय नभएको गुनासो गरे ।
उलने नेपालमा गुरुकुल संस्कृति विस्तार गर्नुपर्ने आवश्यकता औल्याए । अबको केही वर्षमा गुरुकुलबाट चल्ने विश्वविद्यालय बनाउन सबैले संकल्प गर्न पनि उनले आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया