News and Updates

रामेछाप । मन्थली नगरपालिका १२ गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् ।
शुक्रबार अपराह्न ४ः३० बजे तिर ६१ वर्षीय मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्रा बुढाथोकीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले बुहारीको हत्या पछि प्रहरी चौकी खिम्तिमा आत्मा समर्पण गरेका छन् ।
उनका श्रीमानले गत साउनमा आत्महत्या गरेपछि पवित्रा मन्थली नगरपालिका–११ गेलु स्थित माइतमा बस्दै आएकी थिइन् । उनको ९ वर्षको छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका थिए तर पवित्राले छोरा आफूसँग राख्न पाउनु पर्ने बताउँदै आएकी थिइन् ।
मटक बहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो । अदालतको आदेश अनुसार छोरो लिन ससुराको घरमा पुगेकी पवित्रा र ससुरा बिच झगडा भएको थियो । सोही क्रममा मटक बहादुरले बुहारी माथि खुकुरी प्रहार गरेका स्थानीयले बताएका छन् ।
छोराले आत्महत्या गर्नुको कारण बुहारी भएको आरोप मटक बहादुरको रहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।s
फेसबुकबाट तपाईको प्रतिक्रिया