Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेप्से परिसूचक १९.३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार

News and Updates
6 घण्टा अघि

काठमाडौँ, ५ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १९ दशमलव ३० अङ्क अर्थात् ०.७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ । आजको

 

 

कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ दशमलव १८ मा किनबेच भएका छन् ।

 

 

आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सिन्धु विकास बैंक र ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले उकालो लागेको छ ।

 

 

साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी छ्याङदी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ४०, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चार दशमलव ३९ प्रतिशतले घटेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया