Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

युएस वल्ड क्लास तेक्वान्दो हलिउडले मनायो तीसौ वर्षगाँठ

News and Updates
4 घण्टा अघि

काठमाडौं । अमेरिकामा नेपालीको पहिलो तेक्वान्दो स्कुल युएस वल्ड क्लास तेक्वान्दो हलिउडले तीसांै वार्षिकउत्सव मनाएको छ । युएस वल्ड क्लास तेक्वान्दो हलिउड ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको पोर्टल्याण्डमा स्थापना गरेका हुन् ।

 

 

युएस वल्ड क्लास हलिउडले तीन दिने विषेश कार्यक्रम सहित शनिबार आफ्नो तीसौ वार्षिकउत्सव मनाएको हो । कार्यक्रमलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनले समर्थन गरेको थियो । कोरियाका ग्राण्ड मास्टर मिन हक सेडले शुक्रवार र शनिवार गरी चार सेमिनार सञ्चालन गरेका थिए । उनले आइतबार पनि एक सेसन सेमिनार संचालन गर्नेछन् ।

 

ग्रान्ड मास्टर मिन कोरियास्थित विश्व तेक्वान्दो मुख्यालय कुक्किवान शिक्षा समितिका सदस्य हुन् । उनले विश्वभर तेक्वान्दो सेमिनार गर्ने गर्दछन् । शुक्रवारको सेमिनारमा ४५ जना सहभागी थिए । यस्तै शनिवार दुई सेसनमा सेमिनार सञ्चालन गरिएको थियो ।

 

 

पहिलो सेसनमा ३० र दोस्रो सेसनमा ३५ जना तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सहभागी भएका थिए । सेमीनारमा भाग लिन अस्ट्रेलियासहित अमेरिकामा आठ राज्यबाट तेक्वान्दो प्रशिक्षक पोर्टल्याण्ड आएका हुन् ।

 

 

ग्राण्ड मास्टर सेडले तेक्वान्दोका परिवर्तित नियम र सेल्फ डिफेन्सका बारेमा डेढ डेढ घण्टाको कक्षा लिएका थिए । शनिवार साँझ विषेश कार्यक्रमका बीच हरेक महिना उत्कृष्ट घोषित १२ जना खेलाडीलाई ट्रफी प्रदान गरियो । खेलाडीको सम्मानमा रात्रि भोजको पनि आयोजना गरिएको थियो ।

 

 

कार्यक्रमको शु?वात गर्दै ग्राण्ड मास्टर महर्जनले यो तीस वर्षसम्म साथ र सहयोग दिने सबैलाई धन्यवाद दिए । उनले अभिभावक, प्रशिक्षक र खेलाडी सबैलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

 

 

कार्यक्रममा मार्चदेखि जुलाई महिनाका उत्कृष्ट खेलाडीलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनका अध्यक्ष लभ गोर्खालीले ट्रफी वितरण गरेका थिए ।
मिशिगन निवासी अन्तर्राष्ट्रिय रेफ्री मास्टर गोर्खाली एभरेष्ट ज्योति तेक्वान्दो एकेडेमीका संचालक हुन् ।

 

 

सन् २०२४ को मार्च महिनामा इभा ग्लीसन र एला ग्लीसन उत्कृष्ट खेलाडी घोषित भएका थिए । यस्तै अप्रिलमा कोनर मिलर, मे महिनामा शोशाना कान्सागरा, जुन महिनामा क्यान्डिस जिमेरेज र जुलाई महिनामा रोएन डफ उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

 

 

यस्तै सन् २०२४ अक्टोबरदेखि २०२५ अप्रिल सम्मका उत्कृष्ट घोषित खेलाडीलाई ग्रीष्मकालीन ओलम्पिकमा नेपाललाई पदक दिलाउने विधान लामाले ट्रफी वितरण गरेका थिए ।
सन् २०२४ को अक्टोबरमा हेनरी मुसर, नोभेम्बरमा मिमी हे, सन् २०२५ जनवरीमा रैना हसन, फेब्रुअरीमा जिनी प्रिश्च, मार्चमा पार्कर स्कट र अप्रिलमा परिष्कृत ब्यान्जन्कार उत्कृष्ट घोषित भएका थिए ।

 

 

यसैगरी कार्यक्रममा वर्षका उत्कृष्ट घोषित परिवारलाई पनि सम्मान गरिएको थियो । स्कुल गतिविधिहरू र अन्य सामूदायिक कार्यक्रमहरूमा सहयोग गर्ने अभिभावकलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वयमसेवकहरूलाई पनि सम्मान गरिएको थियो ।

 

 

ग्राण्ड मास्टर मिन हक सेड, नेपाली तेक्वान्दोका पिता ग्रान्ड मास्टर जे के शिनले वर्षका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरेका थिए । कार्यक्रममा पोर्टल्याण्ड शहरका मेयर किथ विल्सनको तर्फबाट पठाइएको शुभ कामना सन्देश पढेर सुनाइएको थियो ।

 

 

कार्यक्रममा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकको नृत्यले रौनक थपेको थियो । तेक्वान्दो प्रशिक्षक विकास घले गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

सोही कार्यक्रममा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनले ओलम्पियन विधान लामा र ग्राण्ड मास्टर दिवाकर महर्जन र मिनु महर्जनलाई सम्मान पत्र प्रदान गरेको थियो ।
फेडरेशनका महासचिव गणेश थापाले तेक्वान्दोमा पु¥याएको योगदानको कदर गर्दै पत्र प्रदान गरिएको जानकारी दिए । फेडेरेशनका अध्यक्ष मास्टर लव गोर्खालीले लामा र महर्जन जोडीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया