१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुन माधव नेपालको आब्हान

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई आफ्ना कमी कमजोरी सुधार गरी एकतावद्ध भई अगाडि बढ्न आग्रह गरेका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी) सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई कमी कमजोरीबाट मुक्त एकतावद्ध हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई म भन्न चाहन्छु सबैखालका संकिर्णबाट मुक्त हुनुस् । आफ्ना कमीकमजोरीलाई सुधार्ने आँट गर्नुहोस । सबैलाई एकतावद्ध बनाएर अघि बढ्ने फराकिलो दृष्टिकोण राख्नुहोस । कुनै आग्रह पाल्नुपर्ने छैन्, कुनै पूर्वाग्रह राख्नुपर्ने छैन र कमी कमजोरीबाट मुक्त हुनैपर्छ ।’

नेपालले विगतमा भएका आन्दोलनको सफलतालाई उपयोग गर्न नसकेर गल्ती गरेको भन्दै आफ्नो देशको विशेषतालाई बुझेर अगाडि बढ्नुपर्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि