१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विचार र मार्गदर्शन सधैँ आफ्नो लागि प्रेरणा बन्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको दिन मदन – आश्रित गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौं । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो । मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं । उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ। मदन – आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु ।’

तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि