६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

जोगबुडा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुँदै, सरकारले दियो स्विकृति

काठमाडौं । डडेलधुरा जिल्लाको परशुराम नगरपालिका मातहतको १५ शैय्याको जोगबुढा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुने भएको छ । मन्त्रीपरिषद्को बैठकले अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी स्वीकृति दिएको हो ।

 

 

नगर प्रमुख भरत जोशी यो सबै नगरबासीका लागि खुसीको क्षण रहेको बताउँछन् । ‘नगरबासीले आफ्नै गाउँ ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले पाउनुपर्छ भन्ने हाम्रो मान्यता थियो । त्यसैअनुरूप हाम्रो निरन्तरको प्रयास, लामो र झन्झटिलो प्रक्रिया पार गर्दै सार्थक भएको छ’ उनले भने ।

यस्तै डडेलधुराको परशुराम नगरपालीकाले नगर गौरबको आयोजना अन्तर्गत क्रिकेट रंगशाला पनि बनाउने भएको छ । नगरपालीकाका प्रमुख भरत बडायर जोशीले नगर गौरबको आयोजना अन्तर्गत राष्ट्रिय स्तरको क्रिकेट रंगशला बनाउन लागेको जानकारी दिएका हुन् । परशुराम क्रिकेट रंगशाला बनाउन टेन्डरको आह्वान समेत भईसकेको छ ।

नगरपालीका यसअघि डडेलधुराको परशुराम नगरपालिकाले कक्षा ११ मा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूलाई निःशुल्क शिक्षा दिईने घोषणा गरेको थियो । परशुराम नगरपालिकाभित्र कक्षा ११ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क पढ्ने व्यवस्था मिलाएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि