News and Updates

काठमाडौं । नेपाल वैदेशिक रोजगार संघको अध्यक्षभुवन सिंहलेमलेसियामालगाइएको सिण्डिकेट कुनैपनिहालतमास्वीकार नहुने बताए ।
बुधबार सिण्डिकेट विरुद्ध खवरदारी तथाविरोध कार्यक्रममाबोल्दै उनले सिण्डिकेटका कुनै तथ्य भेटे जानकारी दिनआग्रहगर्दै सिण्डिकेट स्वीकार्य नभएको बताएका हुन् ।
‘मलेसियामालगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्तिसिण्डिकेट लगाउनखोजे जसरी आउछ त्यसरी नै फाल्नतयार हुनेछौ । तपाईसँग कुनै तथ्यभएहामीलाई पठाउनुस् हामीबोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’ उनले भने ।
उनले आफुले पाएको जिम्मेवारी पुरा गर्ने भन्दै सिण्डिकेट टोड्न प्रक्रियाअपनाउने बताए ।
यस्तै, नेपाल वैदेशिक रोजगार संघको पूर्व अध्यक्षरोहन गुरुङले मलेसियामाकाम गरिरहेका संस्था र व्यक्तिहरुलाई सिण्डिकेटका विरुद्धमा लाग्ननिर्देश गरे । उनले मलेसियाको सिण्डिकेट विस्तारै अन्य देशहरुमापनि बढ्दैजाने भन्दै व्यवसायीहरु पलायनहुने वातावरण सिर्जना हुने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया