Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भारत र पाकिस्तानबीच युद्धविराम घोषणा

News and Updates
1 घण्टा अघि

२७ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार आज बेलुका ५ बजेदेखि लागू हुनेगरी युद्धविराम घोषणा भएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए । ट्रम्पको दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुशी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् ।

दक्षिण एसियामा आणविक शक्ति सम्पन्न यी दुई छिमेकी चार दिनदेखि हानाहान गरिरहेका थिए । उनीहरूले युद्ध घोषणा नगरे पनि लडाइँ सघन हुन थालेको थियो । पछिल्लो अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर तथा पाकिस्तानका विदेशमन्त्री र सेना प्रमुखसँग पनि कुरा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया