Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा

News and Updates
7 घण्टा अघि

महेन्द्रनगर धनुषा, २२ वैशाख । मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ ।

 

प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो ।

 

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी सीता जयन्ती र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया