१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

संविधान कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय रहेको बताएका छन् ।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन र संविधानको कार्यान्वनमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण भएको बताएका हुन् ।

उनले भने, ‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन एवं महान जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ ।’

यस्तै, उनले विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास लिएको पनि बताए ।

प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको अवश्यकता रहेको भन्दै यही आवश्यकतालाई व्यावहारतः कार्यान्वन गर्न प्रेस जगत निरन्तर लाग्ने उनको भनाई छ ।

उनले भने, ‘प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको अवश्यकता हो, यही आवश्यकतालाई व्यावहारतः कार्यान्वन गर्न प्रेस जगत निरन्तर लाग्ने विश्वास लिएको छु । यस दिवसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न प्रेरित गरोस् हार्दिक शुभकामना ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि