Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत

News and Updates
11 घण्टा अघि

एजेन्सी । युक्रेनको खनिज स्रोतहरूमा अमेरिकालाई विशेष पहुँच दिने सम्झौता विवादमा मुछिएको छ । विशेषगरी युक्रेनी विज्ञहरूले फरक फरक मत राखेका छन् ।

 

 

सम्झौताको पहिलेको मस्यौदालाई ‘अस्वीकार्य’ र ‘औपनिवेशिक’ भनेर व्याख्या गरिएको छ । युक्रेन र रुसबीचको युद्ध अन्त्य हुने संकेत देखिएका बेला यस्तो खनिजको विवाद सतहमा आएको हो ।

 

 

युद्धको चपेटमा फसेको युक्रेनी भूमिमुनि अर्को युद्धले स्थान पाउने अनुमान गरिएको छ । प्रतिस्पर्धीहरूको नजर युक्रेनको महत्वपूर्ण खनिज पदार्थको विशाल भण्डारमाथि परेपछि युक्रेनले अर्को युद्धको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

 

 

यता, संयुक्त राज्य अमेरिका र युक्रेनले अमेरिका–युक्रेन पुनर्निर्माण लगानी कोष स्थापना गर्न सम्झौतामा हस्ताक्षर गरेको अमेरिकी कोष विभागले घोषणा गरेको थियो । यस्तो खनिज सम्झौताले किभको युद्धग्रस्त अर्थतन्त्रको लागि महत्व राख्ने बताइएको छ ।

 

 

युक्रेन ग्रेफाइट, लिथियम र टाइटेनियम जस्ता महत्वपूर्ण स्रोतहरूमा धनी छ। यी सबै विद्युतीय सवारी साधन, एयरोस्पेस उद्योग र उच्च प्रविधि आपूर्ति श्रृंखलाका लागि महत्त्वपूर्ण मानिन्छन् । बढ्दो यस्ता घटनाक्रमले ट्रम्प प्रशासन युक्रेनमा शान्ति स्थापनामा इच्छुक देखिएको छैन् ।(सीसीटीभीप्लस)

फेसबुकबाट तपाईको प्रतिक्रिया