१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सबैको भविष्य नेपालमा सुनिश्चित गर्न वर्तमान सरकार कटिबद्ध छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बालबालिका र युवाहरुको  अधिकार सुनिश्चित गर्दै आगामी पुस्तालाई यो नेपाल गौरवमय गर्न लायकको बनाउन आवश्यक रहेको बताएका छन् ।

बालबालिका तथा युवा (वायु) संवादमा बोल्दै उनले एउटा सुन्दर र सबैको भविष्य यही नेपालमा सुनिश्चित हुने खालको नेपाल निर्माण गर्नको लागि अहिलेको वर्तमान सरकार कटिबद्ध भएर लागेको बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकार बालबालिका र युवाहरुको  अधिकार सुनिश्चित गर्दै आगामी पुस्तालाई यो नेपाल गौरवमय गर्न लायकको नेपाल बनाउन आवश्यक छ । नेपाल एउटा सुन्दर र सबैको भविष्य यही सुनिश्चित हुने खालको निर्माण गर्नको लागि अहिलेको वर्तमान सरकार कटिबद्ध भएर लागेको छ ।’

साथै, उनले जलवायु परिवर्तनको सबैभन्दा ठूलो  असर नेपालले  भोग्नु परेको बताए । उनले जलवायु परिवर्तनले बेमौसमी वर्षात, अतिवृष्टी, अनावृष्टीले गर्दा सुन्दर बस्तिहरु आज बगर र खहरेमा परिणत भैइरहेको बताए ।

उनले भने, ‘जहाँसम्म जलवायु परिवर्तनले पारेको असरका बारेमा हामी सबै जानकार छौं । अहिले कोही पनि यसबाट अछुत छैनौं । हाम्रो देश अत्यन्तै हिमालयन र पर्वतिय मुलुक हो । जहाँ त्यहि डाडाहरु हिउँले ढाकिएका हुन्थे तर अहिले हिउँ त कता हो कता बेमौसमी वर्षात, अतिवृष्टी, अनावृष्टीले गर्दा हाम्रा सुन्दर बस्तिहरु आज बगरमा परिणत भएका छन् । खहरेमा परिणत भएका छन् । हामीले यो अनायशै  पीडा भोग्नु परेको छ । जलवायु परिवर्तनमा कार्वन उत्सर्जनमा हाम्रो भूमिका खासै छैन तर  पनि त्यसको असर हिमाल भएका कारण नेपालले भोग्नु परेको छ ।’

साथै, उनले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभएकाले कार्वन उत्सर्जनमा बढी भूमिका निर्वाह गरेका राष्ट्रहरुले त्यसको क्षतिपूर्तिदेखि लिएर सबै असरहरु कम गर्नका लागि महत्वपूर्ण कदमहरु चाल्नुपर्ने बताए ।

उनले भने, ‘जसले  कार्वन उत्सर्जनमा बढी भूमिका निर्वाह गरेका छन् ति राष्ट्रले  त्यसको क्षतिपूर्तिदेखि लिएर ति सबै असरहरु कम गर्नका लागि महत्वपूर्ण कदमहरु ति राष्ट्रहरुले चाल्नुपर्छ  भन्ने कुरामा हामीले आफ्ना आवाजहरु केन्द्रित गरेका छौं ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि