१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

शिक्षक महासंघ–सरकार वार्ता निष्कर्षवीहिन, पुनः बस्ने निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ताले पुन ः बस्ने निर्णय भएको बताएका छन् ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने सुवेदीले बताए । यद्यपी, शनिबारको वार्ता भने निष्कर्षवीहिन भएको बताए ।
उनले भने,‘ हामीले उठाएका विषयबस्तुको बारेमा मन्त्रीज्यूको उपस्थितिमा छलफल भयो । छलफल वा संवादलाई निरन्तरता दिने निर्णय भयो । दुई पक्षीय सहमतिमा फेरि बस्ने निर्णय भयो । कहिले बस्ने टुङगो भएन।’
यस्तै, वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीलेऔपचारिक छलफल र संवादमा निष्कर्षमा नपुगेको बताएका छन् ।
‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं’, तिवारीले भने, ‘हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउनेछ ।’
उनले अहिले नै आन्दोलन स्थगित नहुने तरकेही दिनमा निकास निक्लने विश्वास पनि व्यक्त गरे ।

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि