२६ आश्विन २०८२, आईतवार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १० वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।

 

 

आज नेप्से परिसूचक ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको हो । यो साताको कारोबारमा नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको हो ।

 

 

आज तीन सय आठ कम्पनीको एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर ६४ हजार एक सय ४० पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई सय ४६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

 

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको उपसूचक सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह दुई दशमलव शून्य नौ प्रतिशतले घटेको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि