News and Updates
7 दिन अघि

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको छ ।
हिजो मंगलबार २ लाखको हाराहारीमा पुगेको सुनको मुल्य आज ७ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइहरको छ ।
यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया