३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी व्यवस्था हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पूँजीवादी व्यवस्था रहेको बताएका छन् ।

शुक्रवार नयाँ वर्ष २०८२ को शुभकामना तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले पूँजीवादी आर्थिक व्यवस्था भित्र नाफा हुने भन्दै पूँजीवादी व्यवस्था उत्कृष्ट रहेको बताएका हुन् ।

उनले भने,‘मानव समाजलाई अगाडि बढाउने सन्दर्भमा राजनीतिक प्रणालीका हिसावले सबैभन्दा उत्कृष्ट प्रणाली लोकतन्त्र प्रणाली हो । अर्थतन्त्रलाई अगाडि बढाउने हिसावमा सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी  आर्थिक व्यवस्था नै हो । त्यो पूँजीवादी  आर्थिक व्यवस्था भित्र नाफा हुन्छ । नाफा कसरी कमाउने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

उनले निजि क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै निजी क्षेत्रलाई सबैले मद्दत गर्नुपर्ने बताए ।

‘निजी क्षेत्र र विचौलिया फरक कुरा हो । हामीले निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने, मद्दत गर्ने र विचौलियाको प्रवृतिलाई निरुत्साह गर्ने हो । पूँजीवादी अर्थ व्यवस्था भित्र विचौलियाको ठाउँ हुदैन,’उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि