२१ बैशाख २०८३, सोमबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

परशुराम नगरपालीकाका विद्यार्थीलाई अब कक्षा ११ को पढाई निःशुल्क

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकाले कक्षा ११ मा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूलाई निःशुल्क शिक्षा दिईने मेयर भरत वडायर जोशीले जानकारी दिएका छन् । परशुराम नगरपालिकाभित्र कक्षा ११ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई निःशुल्क पढ्ने व्यवस्था मिलाएको मेयर जोशीले जानकारी दिएका हुन् ।

मेयर जोशीले नगरपालिकाले कक्षा ११ मा पढ्ने नगरमातहटका कुनै पनि विद्यालयमा शुल्क तिर्न नपर्ने बताए । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको सम्पूर्ण शुल्क नगरपालीकाले नै व्यहोर्ने निर्णय गरेको हो। मेयर भरत वडायर जोशीका अनुसार यो योजना आगामी आर्थिक वर्षदेखि कक्षा १२ सम्म विस्तार गर्दै लैजाने तयारी भइरहेको जनाएका छन्।

“शिक्षा सबैका लागि पहुँचयोग्य बनाउने हाम्रो अभियानलाई निरन्तरता दिनेछौं,” मेयर जोशीले भने।

नयाँ वर्ष २०८२ को अवसरमा उनले सम्पूर्ण नगरवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै जाने प्रतिबद्धता जनाएका छन्।

मेयर जोशी नगरभित्र अबका दिनमा कोही पनि निरक्षर नरहुन भन्ने उद्देश्यका साथ शिक्षालाई उच्च प्राथमिकतामा राखेर अगाडी बढेका छन् ।

यसअघि परशुराम नगरपालीकालले प्राविधिक तथा व्यवसायीक शिक्षा अध्ययनका लागि ३० जनालाई ५० हजारदेखी पाँच लाख रुपैंयासम्म शैक्षिक ऋण समेत प्रदान गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि