२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

काठमाडौं  । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् ।

शनिबार तराई यातायात व्यवसायि संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताएका हुन् ।

उनले कृषी उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरतालगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताए ।

‘सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती, यातायात क्षेत्रमा देखा परेका केही प्रशासनिक झन्झटलगायतका धेरै समस्या र सवालहरु छन्,’मन्त्री लेखकले भने,‘तपाईंहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।’

यातायात क्षेत्रमा नियमको कार्यान्वयन, व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाइ थियो ।

‘विभिन्न समस्याका बावजुत पनि राम्रोसंग सेवा दिइ रहनुभएको छ, तपाईहरुले राम्रो गर्दागदै पनि केहि कमी कमजोरीहरु आवश्यक सुधार गर्नुपर्ने देख्दछु,’उनले भने,‘यातायात व्यवसायीहरुले भाडादरमा पारदर्शिता अभाव, सेवाको गुणस्तरमा कमी, यात्रु सुरक्षामा लापरवाही, हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति, प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।’

उनले आफु २०६३ सालदेखि कुनै न कुनै रुपमा यातायात क्षेत्रसंग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि