२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

नेपालमा आँखा उपचार सेवालाई अझ समयानुकुल र प्रभावकारी बनाउन आवश्यक : मन्त्री चौधरी

कामठाडौं । खेलकुद तथा युवा मन्त्री तेजुलाल चौधरीले नेपालमा आँखा उपचार सेवा एकदमै राम्रो हुँदै गइरहेको बताएका छन् ।

मंगलबार नेपाल आँखा अस्पतालको ५१ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपालमा आँखाउचार सेवा एकदमै राम्रो हुँदै गइरहेको भन्दै आगामि दिनमा पनि अझ समयानुकुल र प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

उनले भने,‘आगामी दिनमा पनि यो संस्थाले विकट र दुर्गम गरिब दुखी जनतालाई स्वास्थ्य सेवा प्रदानगर्दै सेवा सुविधालाई समयानुकुल र प्रभावकारी हुन सकोस् भन्ने अपेक्षा लिएको छु । अहिले नेपालमा आँखा उपचार एकदम राम्रो भइरहेको छ । भारतबाट पनि अहिले नेपालमा उपचारको लागि आउँने गरेको छन् ।’

त्यस्तै उनले विभिन्न बाधा अवरोध र कठिनाईका बाबजुत पनि यस अस्पताललाई अहिलेको स्थानसम्म ल्याएकोमा धन्यवाद दिए ।
उनले विश्वस्तरमा नै नेपालका आँखा अस्पतालहरु राम्रो र उत्कृष्टि छ भन्ने कुरा पुष्टि भएको पनि बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि