१७ कार्तिक २०८२, सोमबार
अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको भण्डार विस्तारमा चीनको केन्द्रीय बैंक

एजेन्सी । चीनको केन्द्रीय बैंकले सुनको भण्डार विस्तार गरेको छ। मार्चमा लगातार पाँचौं महिनामा भण्डार विस्तार गरेको हो ।

पिपुल्स बैंक अफ चाइनाले सोमबार जारी गरेको तथ्याङ्क अनुसार, देशको सुनको भण्डार मार्चको अन्त्यमा बढेर ७३.७ मिलियन औंस पुगेको छ । जुन फेब्रुअरीमा ७३.६१ मिलियन औंस थियो।

थप खरिद र बढ्दो मूल्यका कारण चीनको सुन भण्डारको मूल्य गत महिनाको अन्त्यमा २२९.६ अर्ब अमेरिकी डलर पुगेको छ । जुन फेब्रुअरीको अन्त्यमा २०८.६४ अर्ब अमेरिकी डलर थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजार सुनको मूल्य निरन्तर वृद्धि भइरहेको अवस्थामा चीनले भण्डार विस्तार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।(सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि