२६ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई जसपा नेपालले गर्यो अनुमोदन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अगाडि बढाउने कार्यलाई अनुमोदन गरेको छ ।

बुधबार पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट सात दलीय मोर्चा गठन गर्ने सहमतिलाई अनुमोदन गर्ने निर्णय गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

त्यसैगरी जसपा नेपालले स्थानीय तहको अधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र भ्रातृसङ्गठनहरुका अधिवेशन÷महाधिवेशनलाई सम्बन्धित पार्टी समितिलाई आवश्यक सहयोग र समन्वयमा सफल गराउन मातहत समितिलाई निर्देशन दिइएको प्रमुख बस्नेतले बताए ।

पार्टीले समानताका लागि सङ्घर्ष गर्न परिसंघ गठन गर्न यही चैत्र ३० गते पार्टी केन्द्रीय कार्यालयमा बैठकको आयोजना गर्ने भएको छ । साथै बैठकले सर्लाही जिल्लामा पार्टीभित्र देखा परेका समस्या र गतिरोधलाई अन्त्य गर्न पार्टी केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवलाई विशेष जिम्मेवारी दिइएको बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि