१३ कार्तिक २०८२, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १९ चैत । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह तीन दशमलव ८० प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ समूह शून्य दशमलव ७४, विकास बैं्क शून्य दशमलव ९५, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ७४, जलविद्युत् शून्य दशमलव ९९ र लगानी शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ६३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव शुन्य दशमलव दुई, निर्जीवन बिमा शून्य दशमलव ३८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको रु ६४ करोड २५ लाख ६६ हजार ६२२ बराबरका छ लाख २७ हजार ३०९ कित्ता शेयर किनबेच भएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि