२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

ल्याउन मानवअधिकार एलाइन्सले आग्रह

काठमाडौं । हिजो (चैत्र १५ गते) काठमाडौंमा राजावादीहरूको आन्दोलनमा भएको हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानवअधिकार एलाइन्सले आग्रह गरेको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै मानवअधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले हिजो राजावादीहरूको अमानवीय र मानवता विरोधी गतिविधिहरू अत्यन्त निन्दनीय र खेदजनक कार्य भएको भन्दै हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मानवअधिकार एलाइन्स नेपाल सरकारसमक्ष हिंसात्मक र विध्वंशात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन, घाइतेहरूको  शीघ्र उपचार गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गर्दछ ।’

उनले विज्ञप्तिमा थप भनेका छन्, ‘नागरिकका नैसर्गिक अधिकारको उल्लंघन गर्ने, सञ्चार गृहहरूमाथि आक्रमण तथा आगजनी गर्ने, राजनीतिक दलका कार्यालयहरू तोडफोड गर्ने, निजी व्यवसायहरू लुटपाट गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, राष्ट्रिय मानवअधिकार संस्थाहरूप्रति आक्रमण गर्ने र आम नागरिकहरूमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता विरोधी गतिविधिहरू हुनु अत्यन्त निन्दनीय र खेदजनक कार्यहरू हुन् ।’

यस्तै उनले गतिविधिहरूले मानवअधिकारका आधारभूत सिद्धान्तहरू तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सिद्धान्त र मर्मको ठाडो उल्लंघन गरेको बताए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि