२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

कफ्र्युको समयमा सडकमा उत्रिएका प्रदर्शनकारी लखेटिए

काठमाडौं । शुक्रबार काठमाडौंमा राजावादीहरुको प्रदर्शन तितरवितर भएपछि सिंनामंगल क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले लखेटेको छ ।

शुक्रबार साँझ सिनामंगलको ओरालोलगायत रिंङरोड क्षेत्रमा प्रदर्शन गर्दै टायर बाल्ने आन्दोलनकारीलाई प्रहरीले लखेटेको हो ।

विभिन्न स्थानमा आगजनी र तोडफोड गर्दै हिंडेका आन्दोलनकारीहरुलाई प्रहरीले सिनामंगल क्षेत्रबाट लखेटेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले  शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कफ्र्यु लागू गरेको क्षेत्रमा प्रदर्शन भएको थियो ।

कफ्र्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि