२५ आश्विन २०८३, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखराको विरौटामा कोटिहोम हुने निश्चित, तयारी धमाधम

पोखरा । पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट्ज्ञान महायज्ञ २०८२ को तयारी धमाधम भइरहेको छ ।

‘एक युगमा एक पटक इतिहासमा पहिलो पटक’ आयोजना हुन लागेको शत कुण्डिय कोटिहोम महायज्ञको आन्तरिक तथा बाह्य तयारी तिब्र रुपमा अगाडि बढेको आयोजक मानव सेवा फाउण्डेसन कास्की शाखाले जानकारी दिएको छ ।

आयोजकका अनुसार आन्तरिक तयारी करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ । त्यस्तै अहिले कार्यक्रम स्थलमा पण्डाल निर्माणको कार्य भइरहेको छ । त्यस्तै स्वागतद्धार निर्माण गर्नेदेखि लिएर अन्य कार्यहरु अगाडि बढेको आयोजकले जानकारी दिएको छ ।

कोटिहोम महायज्ञका कार्यक्रमका विविध प्रचारप्रसारका कार्यक्रम यहि चैत्र १७ गते देखि प्रारम्भ भई २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कोटीहोमको कार्यक्रम २०८२ जेठ १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका स्थानियहरुको जमिनमा सञ्चालन हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि