१९ फाल्गुन २०८२, मंगलवार
कोशी मुख्‍य समाचार समाचार समाज

दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’

भोजपुर, १४ चैत । यहाँको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ ।

न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।

गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

आर्थिक रुपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

पालिकाले महिलाहरुलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जीखेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि