२ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

विद्युत प्राधिकरण अगाडि कुलमानका समर्थकहरूले गरे प्रदर्शन

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरुको समूहले बुधबार प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ ।

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि विरोध प्रदर्शन भएको हो । उनीहरुले विरोध प्रदर्शनमा विद्युत प्राधिकरण डुबाउन पाइँदैन, कुलमान घिसिङ पुनः नियुक्ती गर, केपी ओली मुर्दावाद जस्ता नारा लगाएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि