४ बैशाख २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

गडगडीमा पुल निर्माणको माग

नवलपुर नवलपरासी, १३ चैत । स्थानीयवासीले यहाँको कोखेटार र तनहुँको मधुवन जोड्ने कालीगण्डकी नदीमा चाँडो पुल निर्माण गर्नुपर्ने माग गरेका छन् ।

नवलपुरको बुलिङटार गाउँपालिका–४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका–४ मधुवन जोड्ने पक्की पुल निर्माण सुरु भएको नौ वर्षमा पनि सम्पन्न नभएपछि स्थानीयवासी ‘डेलिगेशन’ लिएर सडक विभाग पुगेका हुन् ।

पटकपटक निर्माण कम्पनी र पुल सेक्टर कार्यालय पोखरालाई पुल निर्माण सम्पन्न गर्न आग्रह गर्दा कामले गति नलिएपछि विभागलाई गुहार्न परेको नेकपा ९एमाले० गण्डकी प्रदेश कमिटी सदस्य विद्रोही गिरीले बताए ।

पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौली, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीसहितको टोलीले सडक विभागका महानिर्देशक रामहरि पोखरेलाई भेटेर थपिएको म्यादभित्रै पुल निर्माण सम्पन्न गर्न आग्रह गरिएको गिरीले जानकारी दिए।

विसं २०७३ असार २९ गते पुल सेक्टर कार्यालय पोखरासँग सम्झौता भई लुम्बिनी बिल्डर्स–नागार्जुन–स्वच्छद जेवीले काम थालेको थियो । सम्झौतानुसार विसं २०७७ वैशाख २८ गते पुल निर्माणसम्पन्न गर्नुपर्ने थियो । हाल थपिएको म्याद अब एकवर्ष मात्र छ ।

हरेक हिउँदमा केही मजदुर मात्रै काममा लगाउने र केही समयपछि बर्खा लाग्यो भनेर काम नगर्ने परिपाटीले पुल निर्माणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष सुनारीले बताए।

हालसम्म पुलको भौतिक तथा वित्तिय प्रगति ५० प्रतिशत मात्र छ । निर्माणमा देखिएको समस्या हल गरेर समयमै काम सम्पन्न गराउने महानिर्देशक पोखरेलले आश्वासन दिए।

कालीगण्डकी नदीमाथि २२० मिटर लामो पुलको छ वटा पिल्लर बनाउनुपर्नेमा पाँच वटा बनिसकेको र एउटा बनाउन बाँकी छ ।

नवलपुर जिल्ला सदरमुकाम कावासोतीबाट तनहुँको भिमाद हुँदै पोखरा पुग्ने यात्रुका लागि यो पुल निर्माण हुँदा यात्रामा १५ किलोमिटर बाटो छोटो हुन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि