२ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने सत्तापक्षीय दलहरूको निर्णय

काठमाडौं । सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेका छन् ।

बुधबार बालुवाटारमा बसेकोे सत्तापक्षीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

‘भूमिसम्बन्धी अध्यादेशमा हाम्रो अब्जेक्सन कायम छ । त्यही भएर आजको बैठकमा यो अध्यादेशलाई आफैं निष्क्रिय हुन दिने र नियमित विधेयकका रूपमा ल्याउने सहमति बनेको छ । अरु विषयमा केही पनि कुरा भएको छैन । आजको बैठकमा भूमिसम्बन्धी अध्यादेशलाई अब के गर्ने र १८ गतेबाट आफैं निष्क्रिय हुन्छ, या त सरकारले फिर्ता लिनुपर्यो, या त यो आफैं निष्क्रिय हुने अवस्थामा पुगेको छ । त्यसैले यसै विषयमा आजको बैठकले अघि बढाउने निर्णय गरेको हो।’

यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन् । तर भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले फिर्ता लिनुपर्ने माग सारेपछि अघि बढ्न सकेको थिएन।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि