१३ कार्तिक २०८२, बिहीबार
अर्थ कर्पोरेट कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

इभी गाडीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री राई

इटहरी । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई(पिके)ले विद्युतीय माध्यमबाट संचालन हुने सवारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार इटहरीमा एक स्वरुमको उदघाटन गर्न आएका मन्त्री राईले आफू मन्त्री भएर आएर पनि कार्यलयमा आवश्यक साधन खरिद गर्दा विद्युतीय माध्यमकै सवारी साधन खरिद गर्न निर्णय गराएको स्मरण गराए ।

मन्त्री राईले जलबायु परिवर्तनको सामना गरिरहेका मुलुकहरुका लागि विद्युतीय गाडी परिवर्तनलाई निराकरण गर्नका लागि महत्वपूर्ण सावित हुनेमा विश्वास व्यक्त गरेका छन् ।

‘हाम्रा हिमालहरु काला भइसकेको अवस्था छ, वातावरणमा प्रदूषण बढीरहेको रहेको छ । हामीले हाम्रो पानीको सदुपयोग गरेर उत्पादीत विद्युतबाटै प्रदुषणरहित सहर र वातावरण बनाउन सक्छौं,’उनले भने ।

कार्यक्रममा इभी प्रयोगकर्ताहरुले मर्मत सम्भारका साथै सरकारी चार्जिङ स्टेसनलाई व्यवस्थित गर्दै अपग्रेट गर्दै जानुपर्नेमा जोड समेत दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि