३० फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न माग, सानेपामा धर्ना

काठमाडौं ।  नेपाली कांग्रेस सर्लाहीले सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिको संरक्षण गरिएको भन्दै  विरोध प्रदर्शन गरेको छ ।

आइतबार कांग्रेस सर्लाहीले ‘भ्रष्टाचारीलाई कारवाही कि संरक्षण ?’नाराबाजी गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका हुन् ।

कांग्रेस सर्लाहीले सभापति, पदाधिकारीज्यू नेपाली काँग्रेसको नवौं संसोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) वारे अनविज्ञ किन ?, काँग्रेसजनको प्रश्न भ्रष्टाचारीलाई कारवाही कि संरक्षण ?, सभापति, महामन्त्री र पदाधिकारीज्यू पार्टी भित्रका भ्रष्टाचारीलाई संरक्षण कहिलेसम्म ? लेखिएका ब्यानरसहित उनीहरु पार्टी कार्यालय सानेपा पुगेका थिए ।

कांग्रेस सर्लाहीले सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली काग्रेसको नवौ संसोधित विधान २०७५ को परिछेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को परिच्छेद ३ को (ख) बमोजिम बर्खास्त गर्नुपर्ने माग राखेको छ ।

सर्वोच्च अदालतले २०८० फागुन १५ गते वन विनाश गरी भ्रष्टाचार गरेको कसुरमा सभापति सिंहलाई दोषी ठहर गरेको थियो । सर्वोच्चले सिंहलाई चार महिना १५ दिन कैद सजाय हुने आदेश दिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि