२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला

तानसेन पाल्पा, १० चैत । पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् ।

पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तरप्रदेशको गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आज मृत फेला परेका हुन ।

गत बुधबार दिउँसो नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका थिए । उनको शव राम्दी घाटदेखि झण्डै एक किलोमिटर टाढा बग्दै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

पोखराबाट घुमेर घर फर्किने क्रममा पाण्डेसहित चारजना कालीगण्डकीमा नुहाउन गएका थिए । सो क्रममा पाण्डेय डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि