१३ कार्तिक २०८२, बिहीबार
कर्पोरेट मुख्‍य समाचार समाचार समाज

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘ई–मास सेभेन’ लन्च

काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा लन्च भएको छ । शुक्रबार आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एक कार्यक्रमकाबीच ग्लोबल लन्च गरेको हो ।

कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको छ ।

गाडीमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ । यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा उपलब्ध छन् । साथै, १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गाडीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने उल्लेख गरिएको छ ।

यस विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ ।जगदम्बा मोटर्सले प्राइम भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियम भेरिएन्टको ६७ लाख ९९ हजार निर्धारण गरेको छ । यसको बुकिङ केही समय पहिले देखि नै खुला गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि