६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कान्द्रा नदीमा तटबन्ध निर्माण

गोदावरी कैलाली, ८ चैत । वर्षायाममा कान्द्रा नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गरेपछि रु पाँच करोडको लागतमा प्रारम्भ भएको तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ ।

जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार नदी किनारका विभिन्न खण्डमा ८३० मिटर तटबन्ध र पाँच वटा स्पर निर्माण अन्तिम चरणमा पुगेको हो ।

भजनी नगरपालिका–९ काँडामा २१६, वडा नं ४ धनौरामा २१६ र वडा नं ४ धनौरामा २१६ मिटर तटबन्धको काम अन्तिम चरणमा पुगेको उक्त कार्यालयका सूचना अधिकारी टेकराज विनाडीले बताए ।

यसैगरी, गौरीगङ्गा नगरपालिका–९ मा १२२ मिटर, घोडाघोडी नगरपालिका–११ को सिसैयामा ६० मिटर तटबन्धको काम सम्पन्न भएको छ । सो वडाको वडा नं ११ मा तीन र १२ मा दुई गरी पाँच वटा स्पर निर्माण सम्पन्न भएको छ ।

तटबन्धनपछि उर्बर भूमि संरक्षाण हुनका साथै नदी किनाराका बस्ती जोखिमयुक्त हुनेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि