३० फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

जसपा नेपालनिकट खस संघले आगामी कार्ययोजना तय गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी खस संघ, नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

बालकुमारीमा दिउँसो १ बजे बोलाइएको बैठकमा संगठन विस्तार र आगामी कार्ययोजनाबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य एवं संघका वरिष्ठ उपाध्यक्ष सन्तोष सिलवालले जानकारी दिएका छन् ।

जसपा नेपालले खस, आर्यलाई समेटेर समाजवादी खस संघ केन्द्रीय समिति गठन गरेको छ ।

संगठनको आगामी कार्ययोजना बैठकमा पार्टीका नेताहरु प्रकाश अधिकारी, दीपक कार्की, लिला सिटौला, पूर्ण बस्नेतलगायतका नेताहरुको विशेष उपस्थित रहने बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि