३० फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रियसभाः समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

बैठकको शून्य समयमा उहाँले तनहुँका कतिपय पयटकीय स्थल विश्वमा परिचित रहेकाले भानु जन्मस्थल चुँदिरम्घा, थानीमाई, मिर्लुङकोट, बन्दीपुर र देवघाटको सम्बर्द्धन र विकासका लागि सरकार सँग अनुरोध गरे ।

सांसद माया प्रसाद शर्माले काठमाडौँको झोर क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट करिब रु २५ करोड रकम बरामद भएको घटनालाई सरकारले निष्पक्ष रूपमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग गरे । सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब रु २५ करोड नगदसहित एकजनालाई पक्राउ गरेको थियो ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव डा सङ्गीता कौशल मिश्रमाथि सरकारले विभेद गर्न नहुने धारणा राखे ।

सांसद शारदादेवी भट्टले नेपाल विद्य्त् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङका सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले राष्ट्रियसभामा जानकारी गराउनुपर्ने माग गरे । उनले भने , एक जना कर्मचारीको कारणले मुलुकमा लोड सेडिङको अन्त्य भयो भन्दैगर्दा लोड सेडिङ अन्त्य गर्न कुन सरकारले के भूमिका निर्वाह गरेको छ भन्ने विषय आमनागरिकले जानकारी पाउनुपर्छ ।”

सांसद सुमित्रा विसीले धादिङसहित मुलुकका विभिन्न जिल्लामा आगालागीका घटना भइरहेका भन्दै वन कार्यालयसहित सरोकार भएका निकायलाई सचेत हुँदै नियन्त्रणमा लाग्न आग्रह गरे । उनले भोलिदेखि सुरु हुने एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकार भएकालाई अनुरोध गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि