Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

रासस
1 महिना अघि

काँक्रेविहार सुर्खेत, ६ चैत । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ ।

घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया