२६ आश्विन २०८२, आईतवार
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

५ चैत, काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठकसम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भयो भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिइएको छ ।

बैठकमा कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवालाई प्रभावकारी र सुशासनयुक्त रुपमा प्रदान गर्न निर्देशन दिएका छन् । उनले आर्थिक वर्ष लाग्नुपूर्व नै बजेट तथा कार्यक्रम पारित गराउन आग्रह गरे ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा.डुकबहादुर क्षेत्रीले प्रतिष्ठानबाट आफ्नो कार्यकालमा भएका प्राज्ञिक, व्यवस्थापकीय र स्वास्थ्य सेवाका क्षेत्रमा भएको प्रगतिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि