२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

आगामी चुनावमा माओवादी एक्लै लड्छ र जित्छ : प्रचण्ड

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताएका छन् ।

शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन् ।

उनले भने, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समिकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जानेछ । हिजो ०६४मा जसरी आफ्नै एजेण्डाको बलमा आफ्नै जनताको तागतमा गएका थियौं अब एकचोटि फेरी हामी आफ्नै जनता र  वर्गतिर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

साथै उनले संगठानात्मक गतिविधि जुन स्टिममा अगाडि बढ्नुपर्ने हो त्यो पार्टीभित्र नबढेको बताए । उनले पार्टी भित्रको गुटबन्दी, अराजकता, सबै हटाउनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टी जस्तो स्थितीमा अहिले छ पार्टी भित्रको गुटबन्दी, अराजकता, असाध्यै बढि व्यत्तिवादी आत्मकेन्द्रित हुने प्रक्रियामा छ । संगठानात्मक गतिविधि जुन स्टिममा अगाडि बढाउनुपर्ने थियो त्यसरी बढेको छैन, त्यसकारण हामीले यो यथास्थितीलाई तोड्पर्ने हुन्छ र नयाँ यथार्ततिर नयाँ प्रक्रियातिर हामी जानुपर्ने हुन्छ भनेर हामीले संकल्प  लिएका छौं ।’

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि