१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

सुनकोसीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिममा

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारीमा सुनकोसी नदीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।

गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको राकाथुमलाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन ।

सुनकोसी नदीको सो झोलुङ्गे पुलमा गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको थियो । बाढीले पुलका स्ल्याप बगाएर लगेपछि झोलुङ्गे पुलमा बाँस राखेर अस्थायी रूपमा सञ्चालन गरिएको थियो ।

तत्कालको लागि अस्थायी रूपमा बाँस हालेर पुल सञ्चालनमा ल्याइएको भए पनि अझै मर्मत हुन नसकेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

पुलका राखिएका बाँसहरू अहिले एक ठाउँमा जम्मा भएका छन् । पुलको ठाउँ ठाउँमा ठुला ठुला भ्वाङहरु छन् । जसले गर्दा मानिसहरूका गोडा पसेर पुलबाटै झर्ने जोखिम बढेको छ ।

स्थानीय गणेशबहादुर श्रेष्ठका अनुसार पुल धराप थापे जस्तो भएको छ । सो पुल भएर बेलघारीका २० जना भन्दा बढी विद्यार्थी दैनिक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ गुठबजारमा रहेको विद्यालयमा पढ्न जाने गर्दछन् । विद्यार्थीहरू दैनिक यही पुलबाट जोखिम मोलेर आवतजावत गर्ने उनले बताए ।

विद्यार्थी मात्र होइन स्थानीयको खेत, बजार, स्वास्थ्य संस्था पनि सिन्धुली पट्टी भएकोले दैनिक खेतीको काम, किनमेल तथा औषधी उपचारको लागि पनि यो पुल नतरी हुँदैन । तर पुलको अवस्था भने निक्कै लेखिमपूर्ण छ । ‘दैनिक आउजाउ गर्नुपर्छ, अर्को विकल्प छैन, कति बेला कस्तो दुर्घटना हुने ठेगान छैन’, उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि