१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

‘होली पर्व मनाउने तरिका सभ्य र भव्य हुँदै गएको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेतृहरुले होली पर्व सभ्य र भब्य बन्दै गएको बताएका छन् ।
ट्रेड युनियन कांग्रेसकी भगवती खड्काले पछिल्ला दिनहरुमा होली पर्व मनाउने तरिका सभ्य र भव्य हुँदै गएको औंल्याइन् ।
बिहीबार काठमाडौंमा आयोजित होली विशेष कार्यक्रममा बोल्दै उनले पहिला होलीमा लोला हानेर बाटोमा हिड्न नसकिनेगरी असहजिलो हुने गरेको तर आजभोली होली पर्व मनाउने तरिका सभ्य र भव्य हुँदै गएको बताएकी हुन् ।

उनले भनिन्,‘हिजोको दिनमा होलीहरु लोला हानेर बाटोमा हिड्न नसकिने, एकदमै असहजिलो अवस्था हुन्थ्यो । तर अहिले चाँही सभ्य र भव्य तरिकाले मनाउनेक्रम चाँही अब अगाडि बढेको छ ।’
साथै उनले होलीमा शरीरमा भएका सम्पूर्ण नकारात्मक तत्वहरुलाई फाल्ने र सकरात्मक तत्वलाई लिनुपर्ने पनि बताइन् ।
त्यस्तै चर्चित महिला नेतृ सृजना सिंहले होली पर्व हिन्दुहरुको आस्थाको पर्व भएकाले एकआपसमा माया साट्ने र दुस्मनी सबै बिर्सने दिनका रुपमा मनाइने गरेको सुनाइन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि