३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारको प्रस्तुती राम्रो नहुदाँ राजावादीको आन्दोलनमा जनताहरु सहभागी भए

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारले जनतालाई  राम्रो डेलिभरी दिन नसक्दा राजावादीको आन्दोलनमा जनताहरु सहभागी भएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले जनतालाई  राम्रो डेलिभरी दिन नसक्दापनि राजावादीको आन्दोलनमा जनताहरु सहभागी भएको भन्दै उनले आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यस बारे छलफल गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘सबै कुरामा हामी नै ठिक भनेर पनि हामी हिड्न हुँदैन् । राजावादीको  आन्दोलनमा सबै प्रकारमा मानिसहरु थिए । राजाका, राप्रपाका अन्य पार्टीका पनि थिए । कस्का कारणले त्यत्रा मानिस आए भनेर लडाई नै चल्यो । हाम्रै कारणले हामीले त्यति राम्रो जनतालाई डेलिभरी दिन नसक्दा हाम्रै कारणले पनि गए होलान यो बारे हामीले केही सोच्नुपर्ने छ । आन्तरिक रुपमा सत्तारुढ र पार्टीभित्र यो बारे छलफल गर्न जरुरी छ ।’

त्यस्तै, रास्वपाकी सांसद सुमना श्रेष्ठले तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएको भन्दै पूरै पार्टीको बद्नामी नगरी प्रमाण भए सम्बन्धित व्यक्तिको नामसहित सार्वजनिक गर्न चुनौती दिए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि