१५ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै

मुस्ताङ, २८ फागुन । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ ।

सङ्घीय सरकारअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ अन्तर्गत नदी नियन्त्रण थालिएको हो ।

योेजनाअन्तर्गत घरपझोङ गाउँपालिका–४ काठेपुलबाट जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको क्याम्प रहेको स्थानमा आरसिसीसहितको ‘ग्यावियन वाल’ ‘पल्मकङ्क्रिट वाल’, तटबन्धको बेस धमाधम निर्माण भइरहेको छ ।

संरक्षण योजनाका निर्माण कम्पनीका मुख्य प्रतिनिधि शिवकुमार श्रेष्ठका अनुसार हालसम्म ५५ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

कालीगण्डकी नदी कटान र बर्सेनि वृद्धि हुने नदी उकासका कारण मुस्ताङको छुसाङबाट थासाङ गाउँपालिकाको लेतेसम्मको तटीय क्षेत्रका १३ गाउँ नदी कटानको जोखिममा छन् ।

ती स्थानको संरक्षणमा सङ्घीय तथा प्रदेश सरकारले विभिन्न चरणमा नदी नियन्त्रणको प्रयास जारी राखेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि